मनोरन्जनसमाचार

धेरै कमाउने गायिकामा टेलर स्विफ्ट

एजेन्सी, संसारकै सबैभन्दा धेरै कमाई गर्ने हलिउड गायिका टेलर स्विफ्ट बनेकी छिन् ।

फोब्र्सले जारी गरेको गायक गायिकाहरूको सूचीमा टेलर सबैभन्दा बढी कमाई गर्ने गायिकामा परेकी हुन् ।

फोब्र्सका अनुसार टेलरको सालाखाला आम्दानी १८५ मिलियन डलर रहेको छ । उनको एक दिनको कमाई ५.६ लाख डलर रहेको छ । उनीपछि दोस्रो नम्बरमा सबैभन्दा धेरै कमाई गर्नेमा बियोन्से र तेस्रोमा रिहाना रहेकी छिन् ।

टेलरसँग ६०० करोडभन्दा बढी अचल सम्पत्ति रहेको छ । उनीसँग चार वटा अलग–अलग राज्यमा ८ भन्दा बढी महल रहेका छन् ।

Comment here