समाचार

पेट्रोलको मूल्य घट्याे

काठमाण्डाैँ । पाइपलाईनबाट पेट्रोलियम पदार्थ आउने भएपछि आज देखि पेट्रोलको मूल्य घटेको छ । एक सय नौ रुपैयाँ प्रति लिटरमा पाइने प्रेट्रोल, ९७ रूपैयाँ प्रति लिटरमा पाइने गरेको डिजेल र मट्टितेलमा दुई रूपैयाँको दरको मुल्य घटेको नेपाल आयल निगमले जनाएको छ । आज मंगलबारबाट पाइपलाइन मार्फत पेट्रोलियम पदार्थ आउने भएपछि मुल्य घटाइएको निगमका प्रवन्ध निर्देशक सुरेन्द्र कुमार पैडेलले बताए ।

मुल्य घटेसँगै नयाँ खुद्रा मुल्य पेट्रोल प्रति लिटर एक सय सात रुपैयाँ, डिजेल र मट्टितेल प्रति लिटर ९५ रूपैयाँ कायम भएको छ । घटेको पेट्रोलको मूल्य आज दिउसो १२ बजेदेखि नै लागु भएको निगमले जनाएको छ ।

Comment here