एनआरएनसमाचार

इंल्याण्डस राज्य परिषदबाट रेग्मीकाे कोषाध्यक्षमा उम्मेदवारी हुने

लण्डन । गरै आवासीय नेपाली संघको आगामी हुन गईरहेको इंल्याण्डस राज्य परिषदको निर्वाचनमा पूण्य रेग्मीले कोषाध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।

विश्व भर छरिएर रहेका नेपालीहरुको एक मात्र छाता संघगठन हो, एनआरएनए यसैको २०१९- २०२१ को लागि नयाँ कार्य समिति साथै पदाधिकारी छनोट संगै अधिवेशनहरु धमाधम भईरहेको छ । यसै क्रममा एनआरएनए इंल्याण्डसको राज्य परिषदका लागि कोषध्यक्षमा उम्मेदवारी दिने भएका हुन ।

नेपालकाे चितवन घर भइ २००६ मा हाई स्किल भिसामा इंल्याण्डस छिरेका रेग्मी पेसाले सिभिल इन्जिनियर हुन । यति मात्र नभएर सफल व्यवसायी साथै समाज सेवी पनि हुन । उनि सोसाईटी अफ नेप्लीज हाई स्किल का संस्थापक साथै पूर्व अध्यक्ष हुन ।

आफ्नो कर्ममा विश्वास गर्ने उनि सधैं आफ्नो कर्म प्रति निष्ठावान रहेर उज्यालो भविष्यका लगि लडिरहन्छन । उनको यस किसिमको स्वभावले संगठनलाई उचाईंमा पुर्याउन उनको ठुलो योगदान रहने अनुमान गर्न सकिन्छ ।

Comment here