एनआरएनसमाचार

एनआरएनए यूके सदस्यका लागि सुब्बाको उम्मेदवारी

लण्डन । एनआरएनए यूकेको निर्वाचन नजिकिई रहँदा नेत्रृत्व छनोटको विषय भने सबैको चाँसो बनेको छ ।

यसपटक को निर्वाचनले कस्तो किसिमको नेतृत्व पाउला भनेर, सबै भन्दा बढी मतदाता संख्या भएको यस ठाउँबाट निर्वाचन प्रतिस्पर्धात्मक र रोचक बन्ने निश्चित छ । यसै क्रमका उम्मेदवारहरु मध्यका एक रशिला र जोशिला उम्मेदवार हुन कोपिला सुब्बा ।

उनको एनआरएनए अभियानको सकृयता विभिन्न सामाजिक कार्यको संलग्नताले संगठनका लागि ठुलो नेतृत्वसम्म पुग्नेमा कुनै संका नरहेको अग्रज अभियान्ताहरुको बुझाई छ । अहिले भने उनि सदस्य पदका उम्मेदवार हुन ।

उनको कम प्रतिको लगाव र धैर्यताले संगठनलाई बलपुग्ने र यस्ता व्यक्तिको खाँचो रहेको संगठनका एक अग्रजले बताए । व्यक्तिगत स्वार्थ भन्दा पनि सधै समाज र देशको हित चाहँने कोपिला जन्मेर केहि गर्नु पर्छ भन्ने मनसायले आफूले सदस्य पदमा उम्मेदवारी दिएको बताउँदै सबैको साथ र माया पाउनेमा विश्वस्त रहेको बताईन ।

स्वीडन समाज, किराँत याक्थु यूके लगाएत विभन्न संघ संस्थामा रहेर काम गरेको उनिसंग राम्रो अनुभव पनि छ । मार्केटिङ कम्यूनिकेशनमा स्नातकोत्तर उतिर्ण उनलाई बौद्धिक महिलाको रुपमा लिईन्छ ।

२००७ देखि बेलायतको बसाईं गर्दै आएकी उनि नेपाली समुदायसंग निकै घुलमिल छिन । उनले सबैले आफ्नो उम्मेदवारीलाई स्वीकारी मत हालेर जिताउन आग्रह गरेकी छन ।

Comment here