एनआरएनसमाचार

यूकेको निर्वाचनको सम्पूर्ण तयारी प्रक्रिया सम्पन्न

गैर आवासीय नेपाली संघ यूकेको १४ सेप्टेम्बरमा हुने निर्वाचनको सम्पूर्ण तयारी प्रक्रिया सम्पन्न भएको छ ।

आगामी १४ सेप्टेम्बर २०१९ मा हुने निर्वाचनको लागी निर्वाचन समितिले सबै तयारी प्रक्रिया सकिएको संरक्षक, निर्वाचन प्रमूख आयूक्त रिटायर्ड मेजर डमबर घले र उप- संयोजक साथै (प्रवक्ता) शीवजी श्रेष्ठले बताएका हुन ।

विहान ८ः०० देखि बेलुका ८ः०० बजे सम्म हुने निर्वाचनका लागि १३ वटा मतदान क्षेत्रहरु निर्धारण गरिएको बताउँदै प्रत्येक मतदान क्षेत्रहरुको लागि केन्द्रबाटनै निर्वाचन अधिकृत खटाईने, र मत पेटीका सहित मतपत्र छाप्ने कामसहित पुरा भईसकेको निर्वाचन उप संयोजक साथै (प्रवक्ता) शीवजी श्रेष्ठले बताए ।

प्रमूख आयूत्तलले सबै भन्दा धेरै मतदाता संख्यारहेको ठाउँ अल्डर्सट अलि संवेदशील भएकाले त्यहाँ सीसी टिभि जडान संगै सेक्यूरिटी गार्ड राख्ने साथै प्रत्येक मतदान क्षेत्रहरुमा धाधलीरहित निर्वाचन बनाउँन मतदातालाई मोबाईल स्याम्पल मतपत्रहरु र कुनै पनि किसिमको निर्वाचनलाई बाधा अवरोध आउने गतिविधिको लागि कडाईका साथ लगिएको जानकारी दिए । साथै निर्वाचन समितिले आयोजना गरेको एक छलफल कार्यक्रम गरि सम्पूर्ण उम्मेदावाराहरुलाई निर्वाचन तयारीका बारेमा जानकारी गराएको बताए ।

सबै क्षेत्रको खसेको मतहरु केन्द्रमै लगेर गणना गरिने बताउँदै निर्वाचनलाई सभ्य र भव्य बनाउन सबै क्षेत्रबाट सहयोग गर्नु पर्ने र सम्पूर्ण यूके बासी दाजुभाई दिदिबहिनीहरुलाई आफ्नो पायक पर्ने मतदान केन्द्रहरुमा गएर सहजताका साथ मतदान गर्न उपस्थित भईदिनका लागि समेत अनुरोध गरेका छन ।

उनका अनुसार १३ वटै क्षेत्रको मतदाता संख्या १३६२९ रहेको छ । भने निर्वाचन क्षेत्र र अधिकृतहरुको नामको विस्तृत विवरण यस प्रकार छ ।

Addresses for Polling stations
1. Reading EC Member – Maj Retd Krishna Gurung Address: 1a Cumberland Road{ Redcarpet} RG1 3LB Berkshire England
2. Ashford Kent EC Members- Lt Retd Siri Limbu and RASTRA RAI Address: St Francis Church (Bihibare) Cryol Road Ashford TN23 5AS Kent
3. Leicester – Midlands EC Member – Raju Kandel Address: Beaumont Leys School Anstey Lane Beaumont Leys Leicester LE4 0FL
4. Swindon EC Member – Umesh Moktan Address: Buckhurst Park Community Centre Burghley Close Walcot SN3 3BS
5. Basingstoke EC Member – Naresh Khapangi Magar Address: Chute House, Churchill Way Basingstoke RG21 7QT
6. Aldershot EC Members- Maj Retd Damar Ghale, Shibaji Shrestha, Dut Pun Address: Empire Hall High St Aldershot GU11 1DJ
7. Birmingham EC Member – Retd Lt Col Yam Rana Address: Masonic Hall (West Bromwich) Ltd. Petter St, West Bromwich B70 8NN Birmingham
8. South East London EC Member – Karna Shahi Address: Mulgrave Primary School Rectory Place, Woolwich, London SE18 5DL,
9. South Harrow EC Member – Dr Sumaya RAI Address: South Harrow sports club Valentine road , South Harrow HA2 8EG
10. Belfast, Northern Ireland – Tika Ram Kandel The Sarpon Restaurant Belfast 128 Upper Lisburn Road, Belfast, Co Antrim Northern Ireland, UK BT10 0BE.
11. Cardif, Wales – Bikash Ranapaili Roath Social Club 7-11 Cyril Crescent Cardiff CF24 1DQ
12. Edinborough- Ram Bagale Himalayan Centre 121 Great Junction Street EH6 5JB Edinburgh City Of Edinburgh Scotland
13. Glasgow- Dr Ram Adhikari 1 Priory Avenue Paisley, PA3 4NS

Comment here