काठमाडौँ, २६ भदौ । क्यारिवियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा सन्दीप लामिछानेले तीन विकेट लिएका छन् ।
बिहीबार बारबारडोस त्रिडेन्ट्समा सन्दीपले सेन्ट किट्स एन्ड नेविस प्याट्रिवट्सविरुद्ध खेलमा तीन विकेट लिएका हुन् । सन्दीपकै उत्कृष्ट प्रदर्शनमा बारबारडोस प्याट्रिवट्सविरुद्ध जित नजिक छ । तर वर्षाको कारण खेल रोकिएको छ ।
सन्दीपले ३.५ ओभर बलिङ गरेका छन् भने उनले अब मात्र एक बल बलिङ गर्न बाँकी छ । उनले बलिङ गर्दै गर्दा पानी परेपछि खेल स्थगित भएको हो ।
Comment here
You must be logged in to post a comment.