समाचारसूचना प्रबधि

कसरी मरे तीन हरिण

भद्रपुर ।  झापामा कुकुरले तीन हरिणलाई मारेको छ । यस्तै अर्का एक हरिणलाई घाइते बनाएको छ ।

बुधबार बिहान मेचीनगर नगरपालिका–११ मा रहेको बाँसबारी सामुदायिक वनले पालेका तीन वटा हरिणलाई चार वटा भुस्याह कुकुरले टोकेर मारेको हो ।

वनले तारजालीले घेरा हालेर पालेको स्थानमा चार वटा भुस्याहा कुकुर पसेर हरिणलाई टोकेर मारेको बाँसबारी सामुदायिक वन उपभोक्ता समितिले जनाएको छ ।

कुकुरको टोकाइबाट मरेका हरिणमध्ये दुई वटा पोथी र एउटा भाले रहेको जिल्ला डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

पोस्टमार्टमपछि तीनवटै हरिणलाई वन कार्यालयको परिसरभित्रै डिभिजन कार्यालय झापाका टोली, वन समितिका पदाधिकारी, स्थानीयवासी र पत्रकारको रोहबरमा गाडिएको छ ।

Comment here