समाचारसूचना प्रबधि

आज राष्ट्रिय बाल दिवस मनाइँदै

काठमाडौं । आज राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र मातहातका कार्यालय एवं बालबालिकाका क्षेत्रमा काम गर्ने संघसंस्थाले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् ।

यो वर्ष ‘सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार’ भन्ने नारा तय गरिएको छ । नेपालले संयुक्त राष्ट्रसंघको बाल अधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो । त्यसयता हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाइँदै आएको छ ।

विसं २०२१ सालको भदौ ४ गतेदेखि मनाउन शुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालमा आएर भदौ २९ गते मनाउन सुरु गरिएको हो ।

Comment here