समाचारसूचना प्रबधि

यात्रु दुर्व्यवहार गर्नेलाई एकवर्षसम्मको कैद र एकलाखसम्म जरिबाना

काठमाडौँ, ३० भदौ । नेपाल नागरिक उड्डयन ऐन, २०७३ ले हवाई यात्रुबाट हुने अवाञ्छित व्यवहारमा कसुर तथा सजायको व्यवस्था गरेको छ ।

ऐनको दफा– ८५ मा सो सम्बन्धी व्यवस्था छ ।  दफा ८५ को उपदफा ९३० अनुसार कुनै यात्रुले विमानस्थलमा वायुसेवाका कर्मचारी, विमानस्थलमा कार्यरत कर्मचारी, हवाई यात्रु र अन्य व्यक्तिमाथि हातपात वा दुर्व्यवहार गर्न पाउँदैन ।

विमानस्थलको शान्ति सुव्यवस्थामा खलल पुग्ने कार्य पनि गर्न पाउँदैन । कदाचित् गरेमा यस्तो कार्यलाई अवांछित व्यवहार गरेको कसूर मानिनेछ । यस्तो कसुर गर्नेलाई  पाँच हजार रुपैयाँदेखि एक लाख रुपैयाँ सम्म जरिबाना वा एक वर्षसम्म कैद हुने व्यवस्था ऐनमा छ ।

Comment here