एनआरएनसमाचार

इजरायलको छैठौं अधिवेशनबाट अध्यक्षमा शान्ता ज्ञवाली निर्वाचित

इजरायल । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, इजरायलको शनिबार कार्यालय, तेल अभिवमा छैठौं अधिवेशन सम्पन्न भएको छ ।

सम्पन्न अधिवेशनले एन.आर.एन.ए.इजरायलको आईसीसी सदस्य विशाल ज्ञवालीसहित शान्ता ज्ञवाली अधिकारीको अध्यक्षतामा पदाधिकारीहरु निर्वाचित भएका हुन ।

एन.आर.एन.ए.इजरायलको वरिष्ठ उपाध्यक्ष गणेश गिरी,उपाध्यक्ष निलम गिरी,महिला उपाध्यक्ष माला गोले तामाङ,महासचिव श्रीकृष्ण भण्डारी ,सहसचिव भरतबहादुर थापा,कोषाध्यक्ष सुनिता भट्टराई,सहकोषाध्यक्ष अलि महमद मिया,महिला प्रतिनिधि शुष्मा शाही (सुमि),पुरुष प्रतिनिधि डी.बी.बुढाथोकी,सदस्यहरु अर्पणा कुमारी चौंधरी,राधा बास्तोला,साबित्रीदेवी सुनुवार निर्विरोध निर्वाचित भएको छ । हाल एन.आर.एन.ए.इजरायलको साधारण सदस्य संख्या २ सय १८ जना भन्दा बढी रहेका छ।

Comment here