समाचारसूचना प्रबधि

हेलिकप्टर आकस्मिक अवतरण, सबै यात्रु सकुशल

काठमाण्डाै – सोलुखुम्बुको लुक्लाबाट काठमाण्डौ उडेका चार वटा हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण गरिएको छ ।

मौसममा खराबी आएपछि सिम्रिक एअरका २ वटा, मनाङ एअरको एउटा र कैलाश एअरको एउटा हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण भएको पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले जानकारी दिएका छन ।

हेलिकप्टर अवतरण भएको ठाउँमा पुगेका प्रहरी निरीक्षक (इन्सपेक्टर) रुपाल अधिकारीका अनुसार मनाङको एउटा र सिम्रिकका २ वटा हेलिकप्टरमा ६/६ जनाका दरले १८ जना र कैलाश हेलिकप्टरमा ३ जना गरी २१ जना यात्रु सवार रहेका थिए ।

हेलिकप्टरमा केही विदेशी यात्रु पनि रहेको उनले जानकारी दिए। सबै यात्रु सुरक्षित रहेका छन् । मौसममा सुधार आएपछि हेलिकप्टर काठमाण्डौका लागि उड्ने प्रहरी निरीक्षक अधिकारीले बताए।

Comment here