मनोरन्जनसमाचार

वलीकाे एनआरएनए आइसीसी सचिवमा उम्मेदवारी

लण्डन । गैरआवासीय नेपाली संघको आगामी काठमाण्डौंमा हुनलागेको अक्टोबर १५ देखि १७ सम्मको विश्व सम्मेलनमा दिपक प्रसाद वलीले एनआरएनए आइसीसीको सचिवमा उम्मेदवारी घोषणा गरेका छन ।

वलिले संस्थाले दिएको जिम्मेवारीलाई जुनसुकै हालतमा पनि पुरा गर्ने भन्दै संस्थाको विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन ।

इजरायलमा बस्दै आएका वली एनआरएन अभियानमा लामो समयदेखि सक्रिय छन । उनि इजरायलको पूर्व अध्यक्ष समेत हुन् ।

एनआरएनको भिजन ट्वान्टी–ट्वान्टी एण्ड वियोन्ड, समुहिक लगानीका परियोजना निर्माणका महत्वपूर्ण कार्यक्रमहरुलाई अगाडि वढाउन आफुनो तर्फबाट पूर्ण रुपमा लाग्ने प्रतिवद्धता गरेका छन ।

Comment here