जीबनशैलीसमाचार

आज विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाइँदै

काठमाडौँ, १ असोज । असोज संक्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाउँदैछन् ।

विश्वकर्मा पूजाको दिन आज उद्योग, कलकारखाना र हरेक किसिमका मेसिनहरुको पूजाआजा गरिन्छ । यो पूजा सबै कलाकार, शिल्पकार र औद्योगिक घराना, व्यापारी र मजदुरहरुले गर्छन् । यो दिन धेरैजसो कलकारखाना बन्द रहन्छ र मानिसहरुले हर्षोल्लासको साथमा भगवान विश्वकर्माको पूजा गर्छन् ।

वैदिक सभ्यताको विकाससँगै यस्ता चाडपर्व चान्द्रमास र सौर्यमासका आधारमा मनाइन्छन् । तीमध्ये सौर्यमासका आधारमा सूर्य हरेक वर्ष कन्या राशिमा गएको पहिलो दिन वा असोज १ मा विश्वकर्मा पूजा मनाउने गरिएको छ ।

प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ ।

Comment here