जीबनशैलीसमाचार

चरम यौन शोसन

एजेन्सी, १ असोज । शान्ति सुरक्षाको जिम्मा लिएको प्रहरीले नै हिरासतमै यौन शोसन गरेको घटना सार्वजनिक भएको छ ।

समाचार एजेन्सीहरुले जनाए अनुसार एक प्रहरीले तीन जना दिदीबहिनीसँग प्रहरी हिरासतमै कुटपिट गर्ने तथा उनीहरुमाथि यौन शोषण गर्ने गरेको तथ्य बाहिर खुलेको हो । ती प्रहरीले महिलाको कपडा फुकालेर कस्टडीमै कुटपिट गरेका थिए । यो असामको असमस्थित दारंग जिल्लाको घटना हो । एक महिलालाई बन्धक बनाएको आरोपमा प्रहरीले तीन जना दिदीबहिनीलाई पक्राउ गरेको थियो । सो घटनालगत्तै दुई प्रहरी निलम्बनमा परेका छन ।

असमका डिजिपी कुलधर सैकियाका अनुसार थानाका सब इन्सपेक्टर महेन्द्र शर्मा र एक महिला कर्मचारी बिनिता बोरोलाई सस्पेन्ड गरिएको छ । गत १० सेप्टेम्बरमा तीनै जनालाई प्रहरीले नाङ्गो बनाएर यौन शोषण गरेको थियो ।

Comment here