काठमाडौँ, १ असोज । परम्परागत रूपमा मनाइने इन्द्रजात्रा पर्व आजबाट समापन भएको छ ।
हरेक वर्ष भाद्र शुक्ल द्वादशीका दिनदेखि मनाइने इन्द्रजात्रा हनुमानढोकामा ठड्याइएको लिङ्गो बुधबार बिहान शुभ साइतमै ढालेसँगै जात्रा समापन भएको हो ।
यस अघि मंगरबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले जीवित देवीका रुपमा मानिने कुमारीबाट टीका ग्रहण गरेकी थिईन । मंगलबार राति इन्द्रजात्राको समापन भएपछि राष्ट्रपतिले कुमारीको हातबाट टीका ग्रहण गरेको हो ।
राष्ट्रपति भण्डारीले शुरुमा कुमारीबाट टीका प्रसाद ग्रहणगरेपछि गणेश र भैरवबाट समेत टीका ग्रहण गरेकी थिईन।
Comment here
You must be logged in to post a comment.