काठमाण्डौं । गैर आवासीय नेपाली संघका अध्यक्षका उम्मेदवार कुमार पन्तले भोली काडमाण्डौंबाट उम्मेदवारी घोषणा गर्ने भएका छन ।
आगामी अक्टोबर १५ देखि १७ सम्म हुन गईरहेको नावौं विश्व सम्मेलनमा अध्यक्षका उम्मेदवार पन्तले भोली दरवारमार्ग स्थित होटेल याक एण्ड यतीको सभाहलमा, मध्यान्न १२ बजे औपचारिक रुपमा पन्तले उम्मेदवारी घोषणा गर्ने कार्यक्रम राखेको बताएका छन ।
विश्व भ्रमणको कार्यक्रम सकायर काठमाण्डौं आईपुगेको पन्तले उम्मेदवारी घोषणा सैगै आफ्नो घोषणा पत्र समेत सार्वजनिक गर्नै छन । त्यस लगतै कोरियाको अधिवेशनमा सहभागी हुन त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको बताएका छन ।
संस्थामा स्थापना कालदेखि सक्रिय रुपमा काम गर्दै आएका पन्त यूरोप संयोजक हुँदै, आइसीसी महासचिव रदुई कार्यकाल उपाध्यक्ष भएर जिम्मेवारी निर्वाह गरिसकेको छन ।
Comment here
You must be logged in to post a comment.