एनआरएनसमाचार

सुनार र गुरुङबिच सहमति, एनआरएनए यूकेको मत गणना आज १० बजेबाट सुरु

गैर आवासीय नेपाली संघ यूकेको सेप्टेम्वर १४ मा सम्पन्न भएको निर्वाचनको मत गणना कार्य अध्यक्षका प्रत्यसी शेर बहादुर सुनार र पुनम गरुङ दुवै पक्षले निर्वाचनताका केहि धाँधली भएको भन्दै निर्वाचन आयोग समक्ष असन्तुष्ठ व्यक्त गरि मत गणनामा केहि असहजता आएको थियो । संस्थाका अग्रज अभियान्ताहरु, विज्ञ बुद्धिजिवीहरुले यस विषयलाई आ आफ्नो ढंगले व्यख्या विश्लेषण गरेको थिए ।

मिडियाबाट पनि फरक फरक दृष्टिकोणका समाचारहरु प्रकासित भए । चुनावमा कहिले काहिँ यस्ता अपवादका विषय आउने गर्छन । यसलाई नौलो र कहिँ नभएको घट्नाको रुपमा लिएर आत्तिनु पर्ने कुरा पनि रहेन । यसलाई सामान्य रुपमा लिनु पर्ने अध्यक्षका प्रतिद्वन्दि शेर बहादुर सुनार र पुनम गुरुङको भनाई रहेको छ ।

चुनावमा सहभागि भएपछि हार या जित अवस्य हुन्छ । यसलाई सहर्ष स्वीकार्नु पर्ने हुन्छ । यसैकुराई मध्यनजर गर्दै आपसी सहमति र समझदारीमा यस पवित्र संस्थाको लागि उहिले पनि लागि पर्यौं, अहिले पनि लागि पर्छौं । यस साझाँ संस्थाको लागि अध्यक्षका प्रत्यसी द्वय सेर बहादुर सुनार र पुनम गुरुङले हार र जित भन्दा पनि काम ठुलो भन्दै दुई मध्य एकको जित सुनिश्चित हुन्छ ।
त्यसैलाई आत्मसाथ गर्दै संस्थाको प्रगति र उन्नतिका लागि सदैव लागिरहने बताएका छन ।

साथै मत गणनाको लागि कुनै पनि किसीमको रोकावट नुहुँने यदि कहि कतैवाट यस्तो भएमा अन्तिम निर्णय निर्वाचन आयोगको हुने, आफूहरुको तर्फबाट सकरात्क रहेको बताएका छन । अब मत गणना गरियोस हामि भन्दा ठुलो भनेका मतदाता हुन उनिहरुले गरेको हमि प्रतिको विश्वास र मायाँलाई अवमुल्यान गर्नु हुँदैन हम्रो मतदाताले हाम्रो मुल्याङकन कसरी गर्नू भएको छ ।

यो हामी भन्दा पनि उहाँहरुले थाहा पाउनु पर्छ । र मत गणना हुनपर्छ, भन्दै दुवै पक्ष सहमत भएको बताएका छन । मत गणना आज १० बजेबाट सुरुहुने बताईएको छ ।

Comment here