एनआरएन

युरोप संयोजकमा पदम गुरुङको उम्मेद्वारी घोषणा

युरोप – अहिलेसम्म ८१ वटा देशमा आफ्नो सञ्जाल विस्तार गर्न सफल एनआरएनएको राष्ट्रिय समन्वय परिषदको अधिवेशन सकिने चरणमा रहेको हुँदा एनआरएनए ग्लोबल अधिवेशनले विदेशमा बस्ने सबै नेपालीको ध्यान आकर्षित गरेको छ।अक्टोबर १५ देखि १७ सम्म काठमाण्डौमा हुने एनआरएनएको विश्व सम्मेलनका लागि अहिले उम्मेद्वारी आउने क्रम जारी छ। अध्यक्षमा अहिलेसम्म दुई उपाध्यक्ष कुल आचार्य र कुमार पन्त बीच कडा प्रतिस्पर्धा हुने देखिन्छ। महासचिवमा डा हेमराज शर्मा र वर्तमान सचिव जानकी गुरुङले उम्मेद्वारी घोषणा गरि मैदानमा उत्रिएका छन।सचिब पदमा युके बाट विनय अधिकारी सबै भन्दा बलियो उमेदारको रुपमा हेरिएको छ ,युरोपभरि राम्रो संजाल बनएका अधिकारी मिड़लिस्ट , अमेरिका , क्यानाडा , जापान , लगाएत धेरै देश हरुमा सम्बन्ध भएको बुजिएको छ।

अक्टोबरमा हुने एनआरएनए केन्द्रको अधिवेशन नजिकिदै गर्दा विभिन्न पदमा उम्मेद्वारीहरु घोषणा गर्ने क्रममा अहिले युरोप संयोजकको लागि उम्मेदवारको बाढी नै आउने देखिएको छ। अहिलेसम्म युरोप संयोजकमा बेल्जियमबाट प्रेम गुरुङ, पदम गुरुङ, गंगाधर गौतम नेतृत्वको लागि मैदानमा उत्रिएका छन भने नेदरल्याण्डबाट नारायण आचार्य र स्पेनबाट एकराज गिरीले उम्मेद्वारी दिने घोषणा गरेका छन। मिडिया मार्फत आफ्नो उम्मेद्वारी घोषणा गरेका यी पाँच जना उम्मेदवारहरुसँगै पोर्चुगलका पूर्ण हमालको पनि यो पदमा कोहि कोहिले नाम लिने गरेका छन्।

त्यसैक्रममा बलियो जनाधार भएका तथा वर्तमान आईसिसी सदस्य पदम गुरुङले युरोप संयोजकमा आफ्नो उम्मेद्वारी प्रस्तुत गरेसंग एउटा छुट्टै तरङ्ग पैदा भएको छ। करिव तीन दशकदेखि बेल्जियममा बस्दै आएका र एनआरएनए स्थापनाकालदेखि नै यस अभियानमा सक्रिय पदम गुरुङ बेल्जियमका विभिन्न सामाजिक संघ संस्थाहरुमा संलग्न रही जिम्मेवारीहरु सफलता पुर्वक समाल्नुका साथै यस अघि एनआरएनए बेल्जियमको उपाध्यक्ष समेत रही सकेका छन । एनआरएनए लगायत विभिन्न सामाजिक संघ संस्थाहरुले अघि सारेका कार्यक्रमहरुमा आर्थिक, भौतिक लगायत आवश्यक सहयोग गर्नेमा जहिले पनि अग्रपंक्तिमा रहने एक सफल सामाजिक अभियन्ता गुरुङको उम्मेद्वारीलाई युरोपका सबै नेपालीले धेरै उत्सुकताका साथ हेरेका छन ।

भिजन २०२० एण्ड बियोण्डको सफल कार्यान्वयनलाई आफ्नो प्रमुख एजेन्डा बताउने गुरुङले युरोप र अन्य अन्य मुलुकमा बस्दा हामीले सिकेको ज्ञान, अनुभव, सीप र पुँजी कसरी नेपाल र नेपालीको प्रगति उन्नतिमा लगाउने लगायत पूर्ण अधिकार सहितको नागरिकता निरन्तरताको पहल, नेपालमा पर्यटन प्रवर्द्धन, युरोपका एनसिसीहरुको कुशल समन्वय गरि नेपालमा सामुहिक लगानी भित्र्याउने देखि नेपाली उत्पादनलाई विश्व बजारमा ल्याउन आफ्नो निश्चित योजना एवं प्रतिवद्धता सहित अघि बढेको बताएको छन। युरोप लगायत संसारका जुन जुन देशमा नेपालीहरु छन् त्यहाँको समाजमा मिहिन रुपमा घुलमिल भई बस्नका लागि सहयोगी कार्यक्रमहरु एनआरएन केन्द्र र त्यसका लागि सहयोगीको रुपमा युरोप प्रदेशबाट सकारात्मक भूमिका रहने गरि युरोप संयोजकको लागि उम्मेद्वारी घोषणा गरेको हुँदा गुरुङले युरोप रहने सबै नेपाली र एनआरएनए एनसिसीबाट पूर्ण सहयोग पाउने विश्वास व्यक्त गरेका छन।

Comment here