एनआरएन

हाम्रो एनआरएन राम्रो एनआरएन बनाउनका साथै नेपाली नागरिकताको निरन्तरता र श्रमिकका आवाज बुलन्द गर्न आइसिसी सचिवमा उम्मेदवारी: विनय अधिकारी

जापान: गैर आवासीय नेपाली संघको अभियानमा छोटो समयमा धेरै काम गर्न सफल विनय अधिकारीले आगामी नवौ महाधिवेशनमा आइसिसी सचिवमा उम्मेदवारी दिने तयारीमा जुट्नु भएको छ । विशेष गरि दुई महिना अघि देखि नै आफनो सचिव पदमा बलियो दावेदारी प्रस्तुत गर्दै अधिकारीले एनआरएनमा अब युवा जमातले नेतृत्व गर्नुपर्ने र नेतृत्व तहमा युवा जमातको पक्कट जमाउन आफूले सचिवमा उम्मेदवारी दिने तयारी गरेको बताउनुभयो ।गैर आवासीय नेपाली अभियानमा बेलायतदेखि शूरु गर्नुभएको अधिकारी एनआरएन अभियानमा सक्रिय हुनुहुन्छ । विशेष गरि एनआरएनका मुद्दामा सशक्त आवाज बुलन्द गर्न सफल अधिकारी एक सञ्चार उद्यमी समेत हुनुहुन्छ । एपी वान टेलिभिजनको लागि अन्तराष्टिय ब्यूरो रहनु भएको अधिकारीले बेलायतबाट न्यूज ट्वान्टी फो नामक अनलाइन समेत सञ्चालन गर्दै एनआरएन अभियानमा महत्वपूर्ण योगदान पुरयाउनु भएको छ ।सचिब पदमा युके बाट विनय अधिकारी सबै भन्दा बलियो उमेदारको रुपमा हेरिएको छ ।युरोपभरि राम्रो संजाल बनएका अधिकारी मिड़लिस्ट , अमेरिका , क्यानाडा , जापान , लगाएत धेरै देश हरुमा सम्बन्ध बलियो भएको बुजिएको छ।।जहिले पनि सत्यको आवाज उठाउने अधिकारी कसरि हाम्रो र राम्रो एनआरएन बनाउने अभियानमा अधिकारीको दौड हेर्दा सफलता पाउने कुरामा उनि दुक्क छन।

बेलायतमा केहि महिना अघि मात्र एनआएनए टक शो कार्यक्रम आयोजना गरेर एनआरएनका अभियन्तासँग गहिरो बहश चलाउन सफल हुनुभएको अधिकारीले सचिवमा निर्वाचीत भएमा एनआरएनमा मुद्दामा राम्रो अध्ययन र जानकारी भएको ब्यक्तीत्वको रुपमा चिनीनुहुन्छ । न्यूज ट्वान्टी फो अनलाइनको आयोजना र एपी वान टेलिभिजनको सहकार्यमा एकै साथ आयोजना गरिएको सो टक शोमा  प्रमुख अतिथि बेलायतस्थित नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी ,अष्टेलियाका लागि नेपाली महावाणिज्यदूत दिपक खडका, एनआरएनए नेपाली नागरिकता निरन्तरता समितिका संयोजक राम प्रताप थापा, आइसिसी उपाध्यक्ष कुल आचार्य  एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी, नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, एपी वान टेलिभिजनका प्रधान सम्पादक टिकाराम यात्री र एपी वान टेलिभिजनका सिनीयर रिपोटर मोहराज शर्मा, एपीवान टेलिभिजनको महाप्रबद्र्धक विकास लामिछाने, बेलायतका काउन्सिलर लक्ष्य बहादुर गुरुगं, प्रवेश केसीलगायतको  एनआरएनका अभियन्ताको सहभागीता थियो । सो कार्यक्रम यूकेमा आयोजना गरिएको अहिलेसम्मकै ऐतीहासिक र सफल मध्येका एक कार्यक्रमको रुपमा लिइएको छ । नेपालको गोरखामा पुर्खेली रहेको अधिकारीको घर भने चितवनमा छ भने जग्गा जमीन घर तनहुँमा पनि छ ।

नेपालको हरेक क्षेत्रमा मनकारी भावना राख्दै सहयोग फैलाउँदै आउनुभएको अधिकारी युवा अवस्थामै अध्ययन र कामको सिलसिलामा कतारमा जानुभयो । कतार र दुवईमा गरि एक दसक बिताउनुभएको अधिकारी त्यसपछिको आफनो यात्रा यूके प्रस्थान गर्नुभयो । अधिकारी तल्लो तहदेखि काम गर्दे जानुभएकाले विशेष गरि अधिकारीलाई मध्यपूर्वमा नेपाली श्रमिकहरुले के कस्तो समस्या भोग्नु पर्छ भन्ने स्पष्ट जानकारी छ । अधिकारी भन्नुहुन्छ, म अहिले बेलायतमा बसे पनि विशेष गरि मध्य पूर्वको समस्यालाई नै पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्नेछु । एनआरएनको सचिवमा उम्मेदवार दिइरहनु भएको अधिकारीले अबको आफनो प्रमुख एजेन्डा नेपाली नागरिकताको निरन्तार नै भएको बताउनुभयो । अहिले संसदमा विचारधीन रहेको नागरिकता विध्येक कार्यान्वयनमा नआएसम्म साँच्चो अर्थमा गैर आवासीय नेपालीको माग पूरा नहुने अधिकारीको विचार छ ।

एनआरएन नागरिकतासँगै मध्यपूर्व र मलेसियामा नेपाली श्रमिकका विकराल समस्यालाई समाधानतर्फ केन्द्रित हुने अधिकारीले बताउनुभयो । यूकेमा बस्दै आउनुभए पनि अधिकारीको विश्वभरि राम्रो सञ्जाल छ । सचिवमा उम्मेदवारी घोषणा गर्नुभएको अधिकारीलाई विश्वभरीबाट सकारात्मक र राम्रो प्रतिक्रिया प्राप्त भइरहेको छ । अधिकारी भन्नुहुन्छ, मैले चुनावमा जित्नेमा कुनै दुविधा छैन । ढुक्क हुनुस मेरो जित सुनिश्चित छ । शैक्षिक क्षेत्रमा समेत आफूलाई अब्बल शावित गराउँदै आउनुभएको अधिकारीले बेलायतकै विश्वविद्यालयबाट डवल डिग्री गर्नुभएको छ । साथै हरेक सामाजीक संघसंस्थामा क्रियाशील रहँदै आउनुभएको अधिकारी अन्तराष्टिय पत्रकार महासंघ (आइएफजे )को सदस्य समेत हुनुहुन्छ ।। सामाजीक गतिविधमा सक्रिय अधिकारीको सचिवमा पदमा उम्मेदवारीलाई धेरै जीत सुनिश्चित भइसकेको प्रतिक्रिया दिने गरेका छन् ।

Comment here