काठमाडौँ, ४ असोज । जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटको तेस्रो खेलमा ताजिकिस्तानले नेपाललाई फराकिलो अन्तरले पराजित गरेको छ ।
शुक्रबार भएको खेलमा नेपाल ताजिकिस्तानसँग ७-० गोलको फराकिलो अन्तरले पराजित भएको छ । ताजिकिस्तानले ३ खेलबाट ९ अंक जोडेको छ । ३ खेलमा दुई हार व्यहोरेको नेपालको १ अंक छ ।
यसअघि पहिलो खेलमा नेपाल जोर्डनसँग ७-० ले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले कुवेतसँग १-१ गोलको बराबरी खेलेको थियो ।छनोटको समूह ‘ए’ मा रहेको नेपालले अब अन्तिम खेल भोलि श्रीलंकासँग खेल्नेछ ।
Comment here
You must be logged in to post a comment.