एनआरएनसमाचार

कोरियाको अध्यक्ष पदका लागि गुरुङकाे उम्मेदवारी

गैर आवासीय नेपाली संघ (एनआरएनए) कोरियाको सातौं अधिवेशनमा अध्यक्ष पदका लागि बुद्धि गुरुङले उम्मेदवारी घोषणा गरेका छन ।

आफ्नो चुनावि एजेन्डा र प्रतिवद्धतालाई कोरियामा रहनुहुने सम्पूर्ण नेपालीहरू माँझ सार्वाजनिक गर्दै उम्मेदवारी घाेषणा गरेका हुन । तीन दशक भन्दा लामो समय देखि कोरियामा रहेका बुद्धि गुरुङले “सयौं थुङ्ग्गा फुलका हामी एउटै माला नेपाली”भन्ने भावलाई सिराेपर गरि कोरियामा रहेका नेपालीहरुको हरेक पलमा साथ दिंदै आएका छन । उनले सबैलाई सहयोगको अपिल गर्दै कोरियाको यो लामो बसाईंमा निरन्तर रुपमा  समस्यामा पर्नुहुने नेपालीहरूलाई सकेको सयोग गरेको बताउंदै आगामी दिनमा अझ सक्रिय रुपमा लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनका चुनावी प्रतिवद्धता यस्ता छन् :

Comment here