समाचार

खलिफामा नेपालको राष्ट्रिय झण्डा फहरायो

काठमाडौँ, ४ असोज । विश्वकै अग्लो भवन बुर्ज खलिफामा नेपाली राष्ट्रिय झण्डा फहराएको छ ।

युएईमा अवस्थित विश्वकै अग्लो भवन बुर्ज खलिफामा संविधान दिवसको अवसरमा शुक्रबार साँझ स्थानीय समयअनुसार ९ः१० मा बुर्ज खलिफामा नेपाली झण्डा फहराइएको हो ।

बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा फहराएको पहिलो पटक हो । यो ऐतिहासिक दृष्य अवलोकन गर्न बुर्ज खलिफा भवन वरिपरि शुक्रबार धेरै नेपालीहरुको भिड लागेको थियो ।

शुक्रबार युएईमा सार्वजनिक विदा पनि भएकाले धेरै नेपालीहरु बुर्ज खलिफामा गएर आफ्नो देशको झण्डा पहराएको दृष्य प्रत्यक्ष अवलोकन गरे । उनीहरुले नेपालीको समेत श्रमले बनेको उक्त भवनमा नेपालको झण्डा फहरिनु गौरवको कुरा भएको भन्दै नेपाली दूतावास र यहाँको सरकारप्रति आभार प्रकट गरेका छन् ।

Comment here