समाचार

दुई जनाको मृत्यु

काठमाडौँ, ५ असोज । धनुषा र महोत्तरीमा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।

शनिबार दिउँसो धनुषाको पोर्ताहा र सिरहाको बन्दिपुरस्थित कमला नदीमा आमासँगै स्नान गर्न गएकी सिरहाको मिर्चैया नगरपालिका–६ बस्ने संजीव साहकी ९ वर्षकी छोरी प्रकृति रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यस्तै, महोत्तरीको बर्दिबास नगरपालिकामा माछा पोखरीको सुरक्षार्थ खटिएकी एक महिलाको शनिबारनै डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बर्दिबास नगरपालिका–१२ बिजलपुरामा माछा पोखरी हेरचाह गर्न बसेकी धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने केदार सुवेदीकी श्रीमती ३४ वर्षकी मिना सुवेदीको मृत्यु भएको हो ।

Comment here