काठमाडौं । गोङ्गबुको छुट्टाछुट्टै दुई ठाउँबाट ९७ हजार रुपैयाँ नगदसहित १४ जुवाडे पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जुवा खेलिरहेको अवस्थामा छापा मार्दा उनीहरुलाई रंगेहात पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले टोखा नगरपालिका–९ म्याग्दीचोकस्थित प्रेम गौचनको घरमा ८७ हजार रुपैयाँसहित नौ जनालाई तथा टोखा नगरपालिका–९ कल्पना लिम्बूले सञ्चालन गरेको पूर्वेली खाजा घरबाट ११ हजार रुपैयाँ नगदसहित पाँच जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा १० पुरुष र चार महिला जुवाडे रहेका छन् । पक्राउ परेकालाई हिरासतमा राखी थप अनुसन्धान थालिएको प्रहरीको भनाई छ । यसैगरी, गोङ्गबुका विभिन्न होटल, लज र रेष्टुरेन्टमा बसेर अनैतिक क्रियाकलापमा संलग्न २९ जनालाई पक्राउ गरेको छ ।पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Comment here
You must be logged in to post a comment.