बझाङ, ६ असोज । बझाङ्गमा दुईलाख १९ हजार नगद सहित पाँच जना जुवाडे पक्राउ परेका छन् ।
आईतबार राति जयपृथ्बी नगरपालिका वडा नं १० दौलिचौर टोलमा रहेको मान बहादुर बोहरा (पहाडी) को घरमा तास खेलीरहेको अवस्थामा प्रहरीले छापा मार्दा दुई लाख १९ हजार, पाँच सय बहत्तर नगद सहित नेकपाका जिल्ला कमिटी सदस्य सुर्मा गाउँपालिका २ का ३८ बर्षीय सेर बहादुर बोहरा, घरबेटी समेत रहेका सोहि गाउँपालिका १ का ४० बर्षीय मान बहादुर बोहरा (पहाडी), सोहि गाउँपालिका बस्ने २८ बर्षीय देवचन्द्र बोहरा, र जयपृथ्बी नगरपालिका ८ का ४० बर्षीय मंगल बोहरा , हुम्ला जिल्ला सिमिकोट गाउँपालिका ३ का ३९ बर्षीय फन्जुङ लामा पक्राउ परेकाे प्रहरीले जनाएको छ ।
Comment here
You must be logged in to post a comment.