समाचार

कक्षा ११ को परीक्षाफल (नतिजा) प्रकाशित

काठमाडौं । कक्षा ११ को परीक्षाफल (नतिजा) प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज (मंगलबार) बिहान कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको हो ।गत वैशाख र जेठ महिनामा सञ्चालन गरिएको परीक्षाको नतिजा मंगलबार प्रकाशिन गरिएको बोर्डले जनाएको छ । गत वैशाख र जेठ महिनामा सञ्चालित परीक्षामा आंशिक र नियमिततर्फ गरी ५ लाख ९ हजार ५२ जना परीक्षार्थी सहभागी थिए ।

परीक्षामा सहभागी परीक्षार्थीले आफ्नो नतिजा थाहा पाउनका लागि राष्ट्रिय परीक्षा बोर्डको वेवसाइटनेपाल टेलिमकमको वेवसाइट लगायतमा लगइन गरी हेर्न सकिन्छ ।

Comment here