समाचार

आजको मौसम

काठमाडौँ, ११ असोज । काठमाडौँ लगायत देशभरका मौसम आज शनिबार धेरै पानी पर्ने सम्भावना रहेको मौसम पूर्वामान महाशाखाले जनाएको छ ।

मनसुन सक्रिय भएकाले देशभरिकै आकाशमा बादल लागि हिजोअस्तिको भन्दा धेरै पानी पर्ने सम्भावना रहेको र केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना भए पनि तर लगातार पानी पर्ने सम्भावना भने नरहेको महाशाखाले जनाएको छ ।

पानी धेरै पर्ने भएकाले सडक र हवाई यातायातमा पनि अवरोध आउन सक्ने साथै बाढी र पहिरोको जोखिम रहेकाले नदी आसपास र तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ  ।

Comment here