एनआरएन

गौरी जोशीको एनआरएनएको इन्ट्री नै विवादास्पद रुपमा :अध्यक्ष भट्ट रुष्ट

कतार , गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी अक्टोबर १५-१७ मा काठमाण्डौमा हुन गइरहेको अन्तर्राष्ट्रिय सम्मेलनको पूर्व सन्ध्यामा अमेरिकाज क्षेत्रका संयोजक गौरी जोशीको अवैधानिक कार्यको संघ भित्र चर्को विरोध भै रहेको छ।

एनआरएन अमेरिकाको निर्वाचित र वैधानिक कार्य समितिले गरेको डेलिगेट्स छनोट प्रक्रियालाई अवरुद्ध गर्न जोशीले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधी छनौटका सम्बन्धमा ” यस पूर्व भएका निर्णय र मापदण्ड बिपरित प्रतिनिधी छनौट गरिएकाले” गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य प्रकाश सापकोटाको संयोजकत्वमा पांच सदस्यीय जॉंचबुझ, छानबिन तथा पुन: सिफारिस समिति गठन गरेको जानकारी गराएका छन् । साथै उक्त समितिलाई पॉंचदिन भित्र प्रतिनिधी छनौटमा प्रक्रियामा भएका त्रुटीलाई पुनरावलोकन गरी संघले निर्धारण गरेको मापदण्ड बमोजिम प्रतिनिधी छनौट गरी अमेरिकाज् क्षेत्रीय संयोजकलाई पठाउनु भनी उनले निर्देशन पनि दिएका छन् ।

केन्द्रीय अध्यक्षका एक उम्मेदवार कुमार पन्तको समूहबाट सचिव पदका उम्मेदवार जोशीले विधानले दिंदै नदिएको अधिकारको हवाला दिदै तथाकथित छानबिन समिति गठन गरेको खबर सुनेर एनआरएनकर्मीहरु छक्क परेका छन् । “प्रजातान्त्रिक ढंगले निर्वाचित एनआरएन एनसीसीको अधिकार क्षेत्रलाई मिचेर कथित छानबिन गराउने अधिकार क्षेत्रीय संयोजकलाई छैन। यसले संस्थाभित्र भांडभैलोको स्थिति ल्याउने पक्का छ, ” एनआरएन युकेका निवर्तमान महासचिव आरके त्रिपाठीले भने। उनले एनसीसीहरुलाई तोकिएको मापदण्ड पुरा गरी प्रतितिनिधि छनोट गर्न दिन माग पनि गरे।

जोशीको त्यस्तो कामबाट संघका केन्द्रीय अध्यक्ष भबन भट्ट रुष्ट भएको सूत्रहरुले बताएका छन्। उनले नचाहिंदो विवाद सिर्जना नगर्न जोशीलाई चेतावनी दिने पनि बताइएको छ । गैर आवासीय नेपाली संघ केन्द्रको बिश्व सम्मेलन संगै चुनावी सरगर्मी बढ्दै जांदा लोकतान्त्रिक धारको मत प्रस्ट रुपमा अगाडी देखिएपछि विभिन्न समूह र गिरोहहरु चलखेलमा लागेका खबरहरु सामाजिक संजालमा आउन थालेका छन् ।

यसैबीच नेपाली जनसम्पर्क समिति जर्मनीका सभापति शिखर खड्काले एनआरएन जर्मनीले प्रकाशित गरेको पंजीकृत सदस्यहरुको (एमआईएस) सिस्टमको नामावलीमा एक दिन पहिलासम्म यथावत एमआइस सिस्टमको लिस्टमा भएका नामहरुलाई शुक्रबार धेरै काट्छाट र फेरबदल गरी प्रकासित गरिएको जनाएका छन् ।

“एनआरएनए जर्मनीको यस्तो गतिविधिले के स्पस्ट हुन्छ भने आफुलाई मन नपर्ने र आफ्नो पक्षमा नभएका व्यक्तिहरुको नाम लिष्टबाट हटाउनु अति नै दुखद र खेदपूर्ण तथा आपत्तिजनक छ। सहमति, सहकार्यले नै एनआरएनए जर्मनीको आगामी दिनहरुका कार्ययोजनाहरुको मार्ग निर्देशन गर्ने भएकोले संघले गरेको लापर्वाही, गल्ती र कमी कमजोरीलाई सुधार गरी समयावधि भित्र सच्चिन हार्दिक अनुरोध छ। यस्ता संवेदनशील बिषयमा एनआरएनए जर्मनीले लापर्वाही गरी सुधार नगरेको खण्डमा दूर्भाग्यपूर्ण परिस्थितिको निर्माण हुनसक्ने संभावना देखिएकोले यो जानकारी गराएका छौं। आगामी दिनहरुमा यस्तो खालको घृणित कार्यहरु नदोहराउन पनि सचेत गर्दछौ,” उनले एक वक्तव्यमा भनेका छन् ।

गौरी जोशीको एनआरएनएको इन्ट्री नै विवादास्पद रुपमा भएको हो । विधानत उनी अध्यक्षका लागि अयोग्य थिए । तर पैसा भए पछि एनआरएनमा सबै कुरा गौण हुन भन्ने मान्यता बोक्ने जोशी आफु अध्यक्षको उमेदवार बन्न पाउनु पर्छ भन्दै अदालत सम्म पुगे । पछि क्षेत्रिय स‌ंयोजकको पद पक्का भए पछि उनी कानुनी प्रक्रियाबाट बाहिरिएका थिए । पद भन्दा पनि संस्थाको प्रगति चाहेको भए उनले एनआरएनए अमेरिकाको अध्यक्ष पदका लागि योग्य हो होइन भन्ने कानुनी व्याख्या अदालतबाट गराउदा भविश्यमा पनि नजिर बस्ने थियो । तर उनी संस्थालाई संस्थागत बनाउन भन्दा पनि आफु अब कसरी पदमा र चर्चामा आउने भन्ने उद्देश्य हो भन्ने प्रष्ट देखिन्थो । त्यसो त उनले आफु सचिव पदमा कुमार पन्तको टिममा पर्ने संकेत पाए पछि एनआरएनए अमेरिकाको निर्वाचन रोक्ने र अमेरिकाको कार्यसमितलाई खारेज गर्दै आफु अनुकुलको तदर्थ समिति नै बनाउन लागेका थिए । उनको सो प्रयास एनआरएन आइसीसी अध्यक्ष भवन भट्टका कारण विफल भएको

Comment here