समाचार

सोमबारबाट सरकारले खसी बोका बिक्रि गर्ने

काठमाडौं । काठमाडौंमा असोज १३ गतेदेखि सरकारले दशैंका लागि खसीबोका बिक्री गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले ३ हजार वटा च्यांग्रा र खसीबोका घटस्थापनाको भोलिपल्टदेखि काठमाडौंमा बिक्री गर्न लागेको हो ।

हरेक वर्ष जस्तै यो वर्ष भने सरकारले असोज १३ गतेदेखि खसीबोका र च्यांग्रा बिक्री गर्ने भएको छ । सर्वसाधारणको माग पूरा गर्नेभन्दा पनि निजी क्षेत्रको मूल्य नियन्त्रणका लागि सरकारले निश्चित मूल्य तोकेर खसीबोका बिक्री गर्ने गर्छ ।

Comment here