जीबनशैलीसमाचार

मिस टिन स्कुल २०१९ काे ताज दिया मल्लकाे हातमा

काठमाण्डाैं । रक्तिम दैलेखी – मिस टिन स्कुल २०१९ काे ताज दिया मल्लले हात पारेकी छन् ।

नाै जना प्रतिस्पर्धीलाई पछि पार्दै उनी मिस टिन स्कुल २०१९ को विजेता बनेकी हुन । काठमाडौमा सम्पन्न प्रतियोगिताको ग्राण्ड फिनालीमा बेजाेड प्रस्तुतीका बीच विजेता बन्न सफल उनलार्इ दर्शकले पनि चाँसाेका साथ हेरेका थिए । प्रतियाेगितामा फस्ट रनर अप चोनाली तामाङ बन्न सफल भइन भने सेकेण्ड रनर अप आकृती लम्साल बनेकी छन् ।

त्यसैगरी तेस्रो रनर अपमा मगर समुदायकी प्रज्ञा मगर बनेकी छन् भने चौथो रनर अपकाे ताज दिनिशा कार्की जितेकी छन् । विजेतालाई मेडल तथा प्रमाण पत्रका साथै चेक हस्तान्त्रण गरिएकाे प्रतियोगितामा दमौली अडिसनका विजेता बर्षा रसाईलीले बेजोड प्रस्तुति देखाएकी छिन् । त्यसैगरी दमाैली अडिसनका फस्ट रनर अप आकृती गुरुङ, सेकेण्ड रनर अप आकृती थापा, थर्ड रनर अप रोशनी आले र फोर्थ रनर अप अश्मीता थापाले बेजाेड प्रस्तुती देखाएकी थिइन। ग्यालेक्सी मल्टीमिडिया एण्ड इभेन्टस प्रा.लिकाे अायाेजनामा भएकाे प्रतियाेगिताकाे संचालन प्रालिका सिइअाे प्रकाश घलेले गरेका थिए ।

प्रतियाेगितामा सहयाेगी सस्था तथा मिडिया पार्टनरहरूलार्इ सम्मान साथै मायाकाे चिनाे प्रदान गरिएकाे थियाे ।

Comment here