विजनेशसमाचार

अनुदानको मल बोरामा ३०० नाफा खाएर बिक्री

काठमाडौँ, १५ असोज । अनुदानको मल बजारमा बिक्री हुन थालेपछि वीरगन्जका किसान मर्कामा परेका छन् । धान बालीमा मल छर्न नपाएको गुनासो किसानको छ ।

मल वितरणको जिम्मेवारी लिएको सहकारी संस्थाले बजारमा बेच्दा बोरामा ३ सय रुपैयाँसम्म नाफा पाउँछन्। किसानलाई बेच्दा ५० रुपैयाँ पनि नाफा नपाउने भएपछि उनीहरूले बजारमा लगेका हुन् ।

सहकारी संस्थाले वीरगन्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडबाट युरिया प्रतिबोरा ७ सय र डीएपी २ हजार १ सय रुपैयाँमा लिने गरेका छन् । पर्साको पोखरिया नगरपालिका–९ सेमरवारीबर्वाको ताजा कृषि सहकारी संस्थाले कृषि सामग्री कम्पनीबाट असोज २ गते खरिद गरेको एक सय बोरा युरिया मल जितपुर बजारका व्यापारीलाई बिक्री गरेको पुष्टि भएको छ । सहकारीले अनुदानको मल व्यापारीलाई बिक्री गरेको पाइएको कृषि सामग्री कम्पनी लिमिटेड वीरगन्जका प्रमुख गोविन्दप्रसाद पराजुलीले बताए ।

सहकारीका अध्यक्ष ताज हुसेनले किसानलाई नदिएर बजारमा बिक्री गरेको स्विकारेका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

Comment here