समाचार

चार जना पक्राउ

वीरगञ्ज, १७ असोज । वीरगञ्जबाट मोबाईल चोरी गर्ने चार जना पक्राउ परेका छन  ।

प्रहरीले वीरगञ्ज महानगरपालिकाको विभिन्न स्थानबाट मोबाईल चोरी गर्ने २४ बर्षीय गौरिशंकर यादव, वडा-१७ का २४ बर्षीय मनोज राम हरिजन, १४ का २२ बर्षीय जमसेद अन्सारी र भारत भारत बिहार जिल्ला पूर्वी चम्पारण बस्ने २२ बर्षीय विक्रम पटेललाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट नेपाली रुपैयाँ २१ हजार ७ सय २६, भारतीय रुपियाँ १७ हजार र विभिन्न ब्राण्डका १७ थान मोबाईल सेट समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

विभिन्न स्थानबाट मोबाईल चोरी भएको उजुरी आएपछि मोबाईल चोरी नियन्त्रण टोलीले अनुसन्धानको क्रममा उनीहरुको संलग्नता पाएपछि नियन्त्रणमा लिएका प्रहरीले जनाएको छ ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

Comment here