एनआरएन

एसिया प्याशिफिकबाट एनआरएनए उपाध्यक्षमा जापानका किरण विक्रम थापाको एकल उम्मेदवारी हुने

आयरल्याड : : गैर आवासीय नेपाली संघ (एनआरएनए) को नवौ विश्व सम्मेलनमा जापानबाट किरण विक्रम थापाले आइसिसी उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । एनआरएनए एसिया प्याशिफिकक क्षेत्रीय संयोजक रहनु भएको थापाले आइसिसी उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो । संघको नवौ विश्व सम्मेलन यही अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुँदैछ ।

थापाले ुएनआरएनमा निरन्तरता र काममा दृढताु को लागि आफनो उम्मेदवारी भएको बताउनुभयो । थापाले एनआरएनका एजेन्डालाई संस्थागत गर्न र काम गर्नको लागि विगतको योगदान, कार्यक्षमता, अनुभवको आधारमा उपाध्यक्षमा जाने निर्णयमा पुगेको बताउनुभयो । एनआरएनएको स्थापनाकालदेखि नै संस्थामा आबद्ध रहँदै आउनु भएको थापाले जापान कार्यक्षेत्र भएर एनआरएन अभियानमा सक्रिय हुनुभयो ।

सन २००३ देखि २००५ मा एनआरएनए जापानको कार्यसमिति हुँदै संस्थाको जिम्मेवारी शुरु गर्नुभएको थापाले लगातार संस्थाको कुनै न कुनै जिम्मेवारीमा रहेर काम गरिसक्नु भएको छ । थापाले २००७ देखि २०११ सम्म दुई कार्यकाल आइसिसी सदस्यको जिम्मेवारी निर्वाह गर्नुभयो । २०११ देखि २०१३ मा एसिया प्याशिफिकको क्षेत्रीय सहसंयोजक, २०१३ देखि २०१५ एसिया प्याशिफिक क्षेत्रीय संंयोजको प्रतिस्पर्धी र एनआरएन जापानको सल्लाहकार र हाल २०१५ देखि २०१९ सम्म लगातार एसिया प्याशिफिको क्षेत्रीय संयोजकको रुपमा जिम्मेवारी निर्वाह गर्नुभएको छ ।

Comment here