धनगढी, १८ असोज । राज्यलाई नै चुनौती दिने गरी नेपाल राष्ट्र बैंकका गर्भनर, विभिन्न मन्त्रालय, सरकारी कार्यालय, अड्डा–अदालतका छाप, नापी तथा मालपोतका मिसिललगायत कागजात किर्ते बनाएर ठगी गर्ने सञ्जय राणा गिरोहको दस करोडभन्दा बढी रकम कहाँ छ भनेर अझै पत्ता लाग्न सकेको छैन ।
धनगढी–६ मटियारीका ३८ वर्षीय सञ्जय राणालाई उनका सहयोगी दुईजनासहित प्रहरीले भदौ १८ गते पक्राउ गरेको थियो। उनीहरूबाट बरामद भएको सामान देखेर सबै चकित भएका थियो। योजनाबद्ध ढंगले सात वर्षदेखि ठगी गर्दै आएको सञ्जयको गिरोहले लुटेको रकम कहाँ छ भनेर अनुसन्धान गरिरहे पनि प्रहरीले अझै पत्ता लगाउन सकेको छैन ।
‘ठगेको रकम कहाँ लगानी गरेको छ, कहाँ छ भनेर हामी खोजिरहेका छौं,’ कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीले भने, ‘अहिलेसम्म पत्ता लाग्न सकेको छैन।’ यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।
Comment here
You must be logged in to post a comment.