समाचार

जुवातास खेल्ने आठ जना पक्राउ

कोहलपुर, १९ असोज । इलाका प्रहरी कार्यालय कोहलपुरले जुवातास खेलिरहेका आठ जनालाई  पक्राउ गरेको छ ।

गएराति बैजनाथ गाउँपालिका वडा नं ४ बाट उनीहरुलाई जुवाखालसहित रु ९० हजारभन्दा बढी रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ ।

Comment here