समाचार

नेकपाको चियापान कार्यक्रम, एक लाख कार्ड बाडिने

काठमाडौँ, २० असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दशैं, तिहार, नेपाल संवत लगायतका चाड पर्वलाई लक्षित गरी असोज २९ गते चियापान कार्यक्रम राखको छ ।

काठमाडौँको भृकुटीमण्डपमा आयोजना गर्न थालिएको चिया पानमा तयारी बढाइएको नेकपा नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । चियापान कार्यक्रममा एक लाख भन्दा बढी कार्ड वितरण गरिने श्रेष्ठको भनाई रहेको छ ।

कार्यक्रममा ४० हजार सर्वसाधरण र विशिष्ट उपस्थिती रहने जनाइएको छ । सर्वसाधरणको लागि बिहान १२ बजेदेखि तीन बजेसम्म चियापान कार्यक्रम राखिएको छ । त्यस्तै कुटनीतिक निकायका व्यक्तिहरूको लागि भने तीन बजेदेखि पाँच बजेसम्मको समय राखिएको श्रेष्ठले बताए।

चिया पान समारोहमा दुई अध्यक्षसहित नेकपाका शीर्ष नेताहरूले स्वागत गर्ने कार्यक्रम रहेको छ । तत्कालिन एमालेमा अध्यक्ष मनोमहोन अधिकारीले चियापान कार्यक्रम राख्नुभएको थियो । अहिले पनि यसलाई निरन्तरता दिइएको हो ।

Comment here