काठमाडौँ, २० असोज । बडादशैँको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला रहने काठमाडौँको दरबार क्षेत्रमा रहेको तलेजु भवानी मन्दिरमा आज बिहानैदेखि ठूलो भीड लागेको छ ।
सर्वसाधारणलाई मन्दिर प्रवेशका लागि इन्द्रचोक र न्यूरोडतर्फबाट गरी दुईतिरबाट लाइन लगाइएको छ भने मन्दिरमा पूजाआजा र बलि दिने क्रम जारी छ ।
त्यस क्षेत्रमा अन्य महत्वपूर्ण स्मारकहरुमा तलेजु मन्दिर, जगन्नाथ मन्दिर, शिवपार्वती मन्दिर, ठूलो घण्टा, कालभैरव, मैजुदेवल, कुमारीघर, वसन्तपुर दरबार, गद्दी बैठक, काष्ठमण्डप रहेका छन् ।
Comment here
You must be logged in to post a comment.