समाचार

मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

काठमाडौँ, २२ असोज । विजया दशमीको शुभसाइत हिजै सकिए पनि टीका लगाउने क्रम आज एकादशीका दिन पनि जारी छ ।

दशैंको टीकाको दोस्रो दिनका रूपमा आज पनि मान्यजनबाट टीका थापेर आशीर्वाद लिने क्रम जारी छ । आजको दिन पनि घरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दुर्गालाई चढाई मान्यजनको हातबाट टीका, जमरा तथा आशीर्वाद लिने गरिन्छ ।

Comment here