समाचार

नेपालले आयरल्याण्डसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ, २२ असोज । ओमानमा जारी पाँच देशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले तेस्रो खेलमा आज टेष्ट राष्ट्र आयरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र आयरल्याण्डबीचको खेल बिहान सवा ११ बजे अल अम्रेट क्रिकेट मैदानमा खेल हुन लागेको हो । नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा नेदरल्याण्ड्सलाई हराएको थियो । नेपाल दुई खेलमा ४ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ ।

Comment here