राम चन्द्र प्रजापति । जातिय स्वतन्त्रतायात क्वतेला राष्ट्रया उथान जुये फइमखु (जातीय स्वतन्त्रतालाई दवाई राष्ट्रिय उथान हुन सक्दैन) भन्ने नाराका साथ आज ५८ औं विराट नेपाल भाषा साहित्य सम्मेलन भक्तपुरमा सम्पन्न भयो ।
विराट गुथिका अध्यक्ष महेन्द्र गोपाल कर्मचार्यको सभापतित्वमा भएको कार्यक्रममा विराट गुथिका सल्लाहकार कवि योगेन्द्र प्रधानको प्रमुख अतिथ्थतामा सम्पन्न कार्यक्रममा बोल्दै विराट गुथि ५८ औं सम्मेलन सव्य र भव्य रुपमा सम्पन्न गर्न सकोस् भनी कामना गर्दै भाषिक तथा साहित्यक साहित्यकारहरु विराटले धेरै जन्माएको बताए। विराट गुथि कुनै राजनीतिक पार्टीको संस्था नभएकोले गुथिको आफ्नै उद्देश्य अनुसार अगाडी बढीरहेको छ ती उदेश्य पूरा गर्न नियमीत सकृय रहन आग्रह गरे ।
विशेष अतिथि डा। पुष्पराज राजकर्णिकारले नेपाल भाषा प्रयोग गर्ने ठाँउ नभएर नेपाल भाषा कमजोर भएको छ । राज्यको नितिकै कारणले भाषिक पहिचान गुमाउनु परेको अवस्था भएको बताउँदै उहाँले पहिलो सविधानसभामा धेरै सदस्य जातीय पहिचानधरहरु रहेकोले सविधानसभा विघटन भएको जानकारी गराउनुभयो । उहाँले अबको आन्दोलन राज्य संग होइन पार्टीसँग गर्नुपर्ने धारणा व्यक्त गरे।
सम्मेलनमा साहित्यकार तिलक प्रकाश कायस्थ, नेपाल प्रज्ञा प्रतिष्ठानका नेपाल भाषा विभागका प्रमुख लक्ष्मी माली कथा साहित्यकार राजा शाक्य, राकेश महर्जन सुकुन्दा श्रेष्ठ, त्रिरत्न शाक्य, पुष्प तिमिला लगायतले नेपाल भाषा र नेपाल भाषा साहित्य सम्मेलन विराट गुथी सम्बन्धि आ आफ्नो धारणा राखेका थिए ।
Comment here
You must be logged in to post a comment.