एनआरएनसमाचार

मध्य पूर्वबाट सुरज मास्केकाे उप-संयोजकको लागि उम्मेदवारी घोषणा

काठमाण्डौँमा । आगामी १५ देखि १७ तारिख सम्म हुन गईरहेको नऔं विश्व सम्मेलनमा मध्यपूर्वबाट सुरज मास्केले उप – संयोजकको लागि आफ्नो ६ बुँधे घोषण पत्र सहितको उम्मेदवारी घोषणा गरेका छन ।

भरतपुर चितवनमा जन्मीएका सुरज मास्के कुवेतमा बस्दै आईरहेका छन । २००९ देखि नै हरेक क्षेत्रबाट गैरआवासीय नेपाली संघमा आवद्धभई संस्थाको हक हितका लागि रहने उनले कुवेत एआरएनए एनसीसी सचिव हुँदै महासचिवको पद सम्हालिसकेका छन । संधै सकारात्मक सोंचका साथ अगाडि बढिरहने मास्के एउटा जोसिला र होसिला व्यक्तित्वको को रुपमा परिचित छन ।

सबै विश्वासलाई जित्न सक्ने क्षमाताका कारण नै काठमाण्डौंमा १५ देखि १७ सम्म हुने एनआरएनएको नऔं विश्व सम्मेलनमा मध्य पुर्वको उपसंयोजकको लागि उम्मेदवारी घोषणा गरेका हुन । उनले आफ्नो कार्यकालमा निम्न कुराहरुमा जोड दिदै अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन ।

१) एनआरएनएलाई हरेक विदेशमा कामगरि खाने श्रमीक नेपालीको पिडालाई उजागर गर्ने संस्थाको रुपमा अगाढी लैजाने ।

२) साना तथा मझौला सामूहिक लगानीका एजेण्डाका साथै मध्यपूर्वमा रहेका नेपालीहरुलाई यस विषयमा जगाउने ।

३) विदेशमा अकसमात मृत्यू हुने नेपालीको कुनै अंग ननिकालेर जस्ताको तस्तै नेपाल पुर्याउन राजदतावास संग सहकार्य गर्दै समन्वयात्मक ढंगले अगाढी बढ्ने ।

४) भिजिट नेपाल २०२० लाई सफल पार्न मध्यपूर्वमा विशेष गृहकार्य गर्ने ।

५) बैदेशिक रोजगारमा गएका नेपालीहरूको स-सम्मानित रोजगारको प्रत्याभूत गर्न सामाजिक हक अधिकारको सुरक्षा गर्ने ।

६) हरेक भाषाको सहजीकरणका लागि एनसीसीलाई यस विषयमा ध्यानाकर्षण गराउँने ।

Comment here