एनआरएन

एनआरएनए सह-कोषाध्यक्षमा सर्वसम्मत बन्दै एसी शेर्पा, गोविन्द प्रसाद गौतम र लोक दाहालले यूरोप आरसी र डिआरसीमा उम्मेदवारी दिने

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) को नवौ विश्व सम्मेलनमा सहकोषाध्यक्षको उम्मेदवार रहनु भएको एसी शेर्पा सर्वसम्मत हुनु हुने भएको छ । सबैको साझा उम्मेदवार रहँदै आउनुभएको शेर्पालाई सहकोषाध्यक्षमा उम्मेदवार घोषणा गरेका दुई उम्मेदवारले पूर्ण समर्थन दिने भएपछि सर्वसम्मत हुनुहुने भएको हो ।

सहकोषाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको बेल्जियमबाट लोक दाहाल र रसियाबाट गोविन्द प्रसाद गौतमले शेर्पालाई समर्थन जनाउँदै यसअघि घोषणा गर्नुभएको उम्मेदवारी फीर्ता लिने भित्री सहमती भएको हो । सहमतीअनुसार दाहालले आरसी र गौतमले डिआरसीमै दोहार्याउने गरि उम्मेदवारी दिनु हुने भएको छ । गौतम र दाहालले बाटो खुला गरेसँगै शेर्पा सहकोषाध्यक्ष सर्वसम्मत हुने सुनिश्चित भएको हो ।

अमेरिका क्षेत्रको पूर्व डिआरसी रहनु भएको शेर्पालाई विश्वभरीका एनआरएनले साझा उम्मेदवारको रुपमा प्रस्तुत गरेपछि शेर्पाको जीत सुनिश्चित देखिएको छ । शेर्पाले नेकपाको समेत पूर्ण समर्थन पाउनुभएको छ ।

नेकपा अध्यक्ष पुष्प कमल दाहाल,  नेता सुवास  नेवागंले शेर्पालाई समर्थन गर्दै नेकपाको आधिकारिक समर्थन पाउनुभएको हो । आफैमा बलियो उम्मेदवार शेर्पालाई नेकपाले नै समर्थन जनाएपछि सबैको साझा उम्मेदवार बन्दै जीत सुनिश्चित बनेको हो ।

Comment here