नवलपरासी, २६ असोज । पूर्वी नवलपरासीमा नगदसहित १० जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
गैंडाकोट भैसाखोरीबाट इलाका प्रहरी कार्यालय गैंडाकोटको टोलीले राजकुमार सुनारको घरबाट नगद ७१ हजार पाँच सय २ रुपैयाँसहित १० जनालाई तास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गैंडाकोट–१० का ४० वर्षीय इन्द्र राना, २५ वर्षीय सुजन बराल, २५ वर्षीय देव गुरुङ, ३१ वर्षीय मनोज गुरुङ, ३९ वर्षीय थिरबहादुर महतो, ४४ वर्षीय सञ्जय अधिकारी, ३४ वर्षीय भीम रावल, ३१ वर्षीय सुनबहादुर सुनारी मगर, २५ वर्षीय अनील सुनार र ३३ वर्षीय घरधनी राजकुमार सुनार रहेको जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Comment here
You must be logged in to post a comment.