एनआरएन

प्रजातान्त्रिक पक्षबाट एनआरएनए सचिवमा विनय अधिकारी बने साझा उम्मेदवार

काठमाडौं : गैर आवासीय नेपाली संघको नवौ विश्व सम्मेलनमा प्रजातान्त्रिक पक्षबाट विनय अधिकारी साझा उम्मेदवार बन्नु भएको छ । कुल आचार्यको टिमबाट अधिकारी सचिवमा पदमा एक्लो उम्मेदवार बन्नु भएको हो ।

विशेष गरि एनआरएनको हरेक गतिविधीमा सक्रियतापूर्वक लाग्दै आउनुभएको अधिकारी बेलायतमा लामो समयदेखि बस्दै आउनुभएको छ । विश्वभरीकाको समेत साथ र समर्थन पाउनुभएको अधिकारीलाई प्रजातान्त्रिक पक्षले साझा उम्मेदवार बनाउने भएपछि एनआरएनए सचिवमा अधिकारीको पक्कापक्की बनेको विश्लेषण गरिन थालीएको छ ।

हाल चितवनबासी रहनु भएको अधिकारीको पुख्यौली घर गोरखा हो भने तनहुँमा समेत जग्गाजमीन छ । विश्वभरीबाट सबैको साझा उम्मेदवार रहनु भएको अधिकारीको पक्षमा माहौल बन्दै गएपछि अधिकारीलाई बधाई दिनेको ओइरो लागेको छ

एनआरएनए पूर्व अध्यक्ष शेष घले र वर्तमान अध्यक्ष भवन भट्टसँग निकै निकट सम्बन्ध राख्नु हुने अधिकारीलाई कुमार पन्तको समेत साथ रहेको छ । साथै बेलायतबाट निवर्तमान अध्यक्ष योगकुमार फगामी र पूर्व अध्यक्ष योगेन क्षेत्री भने अधिकारीलाई जिताउन अभियान नै चलाएर लाग्नु भएको छ । अधिकारीको विश्वभरीका आगामी कार्यकालमा निर्वाचीत लगभग ५० एनसिसीका कार्यसमिति समेत राम्रो सम्बन्ध छ ।

Comment here