एनआरएन

एनआरएनए एसिया प्याशिफिक क्षेत्रीय संयोजकमा मेरो जीत सुनिश्चित छ: रोविन्द श्रेष्ठ (गोविन्द)

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) एसिया प्याशिफिक संयोजक उम्मेदवार रोविन्द श्रेष्ठ ( गोविन्द) ले आफनो जीन सुनिश्चित रहेको बताउनुभएको छ । श्रेष्ठले एसियामा आफू साझा उम्मेदवार रहेको भन्दै आफनो जीत सुनिश्चित रहेको बताउनुभयो । जीन सुनिश्चित भएपछि श्रेष्ठले अन्य उम्मेदवारसँग छलफल गर्दै सर्वसम्मत प्रयास जारी राखेको बताउनुभएको छ ।

सामाजीक कार्यमा निकै सक्रिय रहनु हुने श्रेष्ठलाई एसियाका सबै जसो एनसिसीको पूर्ण समर्थन रहेको बुझिएको छ । एसिया प्याशिफिका देश दौडाहामा रहनु भएको श्रेष्ठले आफनो प्रमुख एजेन्डा एनआरएनलाई संस्थागत गर्न र एसियाभित्र रहेका गैर आवासीय नेपालीका समस्या समाधानको लागि पहल कदमी नै भएको बताउनुभयो । एसियाभित्र सबैभन्दा बढी गैर आवासीय नेपाली रहेको मलेसियामा कार्यरत नेपाली श्रमीकहरुको हक हित र समस्या समाधानमा आफू केन्द्रित हुने बताउनुभयो ।

विशेष गरि वैदेशेकि रोजगारीलाई ब्यवस्थित गर्नु नै अहिलेको मुख्या दायित्व रहेको भन्दै श्रेष्ठले संस्थाको लागि योगदान गरेको र काम गर्न सक्ने योग्य ब्यक्ती आवश्यक भएकोमा समेत जोड दिनुभयो ।

विगतदेखि नै सामाजीक कार्यमा  सक्रिय रहँदै आउनुभएको श्रेष्ठले एसिया क्षेत्रभित्र जेलमा रहेका नेपालीको अवस्था बुझेर स्वदेश फीर्ता पठाउन पहल गर्ने, श्रमीकको सवालमा सशक्त आवाज उठाउने, नेपाल सरकारले घोषणा गरेको भिजीट नेपाल २०२० लाई सफल बनाउन सघाउने, आइसिसीले अख्तियार गर्ने हरेक नीति तथा कार्यक्रमलाई सफल बनाउन लागिपर्नेलगायतका आफना एजेन्डा रहेको श्रेष्ठले बताउनुभयो ।

Comment here