प्रबास

एनआरएनए कोषाध्यक्ष उम्मेदवार महेश श्रेष्ठको जीत सुनिश्चित, बने कांग्रेस र नेकपाको आधिकारीक साझा उम्मेदवार

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) कोषाध्यक्ष उम्मेदवार महेश श्रेष्ठ नेकपा र कांग्रेसको साझा उम्मेदवार बनेपछि जीत सुनिश्चित बनेको छ । श्रेष्ठलाई नेकपा र कांग्रेस दुवै पार्टीले समर्थन जनाउँदै संयुक्त रुपमा साझा उम्मेदवार बनाउने भएपछि श्रेष्ठको जीत सुनिश्चत बनेको हो ।

नेपाल कम्युनिष्ट पार्टी र कांग्रेसको समर्थन पाएपछि श्रेष्ठको जीत सुनिश्चित देखिएपछि श्रेष्ठलाई बधाई दिनेको ओइरो लागेको छ ।

विशेष गरि श्रेष्ठलाई कुनै टिमको भन्दा साझा उम्मेदवारको रुपमा खडा गर्दै जाँदा यस पटक एनआरएनएले कोषाध्यक्षमा सक्षम र योग्य ब्यक्ती पाउने भएको छ ।

संस्थामा आइपर्ने जस्तोसुकै चुनौती र आर्थिक संकटलाई सामाना गर्ने क्षमता राख्नुहुने श्रेष्ठको जीत एनआरएनए संस्थाको लागि महत्वपूर्ण रहेको देखिन्छ । किनकी कोषाध्यक्ष उम्मेदवारमध्ये सबैभन्दा सक्षम, सालीन, इमानदार र राम्रो छवी श्रेष्ठको रहेको पाइन्छ ।

कम बोल्ने स्वभावको श्रेष्ठ काममा विश्वास गर्ने भएकै कारण सबैको रोजाईमा पर्नुभएको हो । त्यसैले श्रेष्ठलाई जिताउने मात्र नभई दुई तिहाई भन्दा बढी बहुमतले जिताउनु सबै प्रतिनिधिको कर्तब्य हुन आएको देखिन्छ ।

श्रेष्ठले संस्थालाई अगाडि बढाउन चार मन्त्र प्रस्तुत गर्नुभएको छ । श्रेष्ठले संस्थामा पारदर्शीता, इमानदारीता, मितब्ययिता र ठोस कार्ययोजनाु मन्त्र अगाडि सार्नुभएको हो ।

Comment here