एनआरएन

एनआरएनए सचिव उम्मेदवार विनय अधिकारीलाई जिताउन सक्दो सहयोग गर्ने नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निर्णय

काठमाडौं: नेपाल पत्रकार महासंघले गैर आवासीय नेपाली संघको नवौ विश्व सम्मेलनमा सचिवको उम्मेदवार रहनु भएको विनय अधिकारीलाई सक्दो सहयोग गर्न सबैमा आग्रह गरेको छ । बेलायतमा बसेर पत्रकारिता गर्दै आउनुभएको अधिकारी एनआरएनएको चुनावमा एक मात्र पत्रकार उम्मेदवार रहनुहुन्छ ।

एनआरएनए अध्यक्ष भवन भट्टको प्रमुख आतिथ्यतामा नेपाल पत्रकार महासंघले एक भेला आयोजना गर्दै सो निर्णय गरेको हो । कार्यक्रममा विभिन्न देशमा रहेको नेपाली पत्रकारहरुको समेत बाक्लो सहभागिता थियो ।

कार्यक्रममा एनआरएनए प्रवत्ता भूषण घिमिरे, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, सचिव रामप्रसाद दाहाल, पूर्व केन्द्रीय सचिव हेमन्त सेढाई,  बेलायतबाट श्याम लुइँटेल, अमेरिकाबाट विजय घिमिरे, कोरियाबाट खेम बहादुर कार्की, अमेरिकाबाट सुरज भण्डारी, विकास न्यौपाने, मधुकर अधिकारी, जापानबाट तिलक मल्ल, कतारबाट गणेश प्रसाद बञ्जाडेलगायतका अग्रज तथा पत्रकारहरुको सहभागिता थियो । भेलाले अधिकारीलाई सहयोग गर्न सबैमा आग्रह गर्दै सक्दो सहयोग गर्ने निर्णय गरेको हो ।

बेलायतमा बस्दै आउनुभएको अधिकारी लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ । नवौ विश्व सम्मेलनमा अधिकारी सचिवको उम्मेदवारमा कडा रुपमा प्रस्तुत भइरहनु भएको छ ।

सम्मेलनमा विभिन्न ब्यक्तीहरुले उम्मेदवार घोषणा गरे पनि अधिकारीलाई सबै पक्षबाट सहयोग मिल्ने भएपछि उहाँको जीत सुनिश्चित जस्तै देखिन थालेको छ ।

Comment here