एनआरएनसमाचार

सचिव पदका उम्मेदवार विनय अधिकारीको प्रस्थापक र समर्थकमा पुनम गुरुङ र योग कुमार फगामी

काठमाण्डौं । गैर आवासीय नेपाली संघ यूकेका एनआरएनए आईसीसी २०१९- ०२१ का सचिव पदका प्रत्यासी विनय अधिकारीको जितका लागि गुरुङ र फगामीले सबै तह र तप्काबाट एक रुपताका साथ लाग्नु पर्ने भन्दै यसमा आफुहरुको तर्फबाट पूर्ण सहयोग रहने साथै सबैले उनलाइ जिताउनु पर्ने बताएका छन ।

एनआरएनए यूकेका वर्तमान अध्यक्ष पुनम गुरुङ र पुर्व अध्यक्ष योग कुमार फगामीले काठमाण्डाौँमा भईरहेको नवौं विश्व सम्मेलनका सचिव पदका प्रत्यासी उम्मेदवार अधिकारी नै एनआरएनए जगतलाई शसक्त रुपममा निस्वार्थ भावले आफ्नो तर्फवाट अनवरत रुपमा लागि परिरहने र संस्थाको विकास र उत्थानका लागि सधैं लगनशील रुपमा लागिरहने व्यक्तित्व अधिकारी नै यस संस्थालाई आवश्यक भएकाले गुरुङ र फगामीले अधिकारीलाई नै सचिव पदमा भारी मतले विजय गराउनका लागि सम्पूर्ण मतदाताहरुलाई जिताउन आव्हान गरेका छन ।

Comment here