समाचार

स्वतन्त्र र साझा संस्थालाई राजनीतिक भागबण्डा र आर्थिक चलखेलको वितण्डामा पारियो : विनय अधिकारी

काठमाण्डौँ । गैर आवासीय नेपाली संघको नवौं महाधिवेशन सकिय लगतै विभिन्न किसिमको चर्चा परिचर्चा भईरहेका छ । यसै क्रममा संघको महाधिवेशनमा यूकेबाट आईसीसी सचिव पदका लागि उम्मेदवारमा लडेका विनय अधिकारी पनि नवौं महाधिवेशनले निश्चपक्ष रुपमा चुनाव नगरी संस्थाको मर्यादा विपरित रहेर राजनीतिक भागबण्डा र आर्थिक चलखेलको वितण्डामा पारेको मा असन्तुष्टि ब्यक्त गरेका छन ।

उनले भने ‘गैर आवासीय नेपाली संघ पूर्व पश्चिम देखि उत्तर दक्षिणका सम्पूर्ण आम नेपालीहरुको साझा संस्था हो । यसमा कुनै पनि किसिमको बाहिय शक्ति, आर्थिक पर्लोवन र राजनीतिक बल प्रयोग गर्न नहुने र संस्थाको विधि विधानलाई आत्मसाथ गर्दै यसलाई म¥यादित बनाउनु पर्नेमा यस विपरित भएको हुँदा यस्ता कृयाकलापले संस्थाको वदनाम सिवायक अरु केहि आशा गर्न सकिदैन’ २००३ सालमा स्थापना भएको यस संस्थामा २०१९- ०२१ का लागि ८१ देशबाट २५ सय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

‘आफ्नो व्यक्तिगत कामलाई थाति राखेर ईमान्दार कर्तव्यनिष्ठ र सबैको पक्षमा बोल्ने व्यक्तिलाई आफ्नो अमुल्य भोट हाल्न काठमाण्डौं झरेका सबै नेपाली दाजुभाईहरुले भनेको समयमा चुनाव नहुँदा र डिजिटल मेसिनबाट भोट गर्नपाईने भन्ने कुरा सपना जस्तै भईदिदा सास्ती खेप्नु परेको र मेसिन बिगे्रको बाहनामा चुनाव सार्नु र पछि गएर पुरानै पद्धतिमा भोट हाल्न लाउनुमा ठुलो चलखेल भएको यसै बुझ्न सकिन्छ ।’

चुनाव भनेको हार र जितको एउटा प्रक्रिया हो । यसमा दुईमत छैन तर विचमा षड्यन्त्र गरि कसैलाई पछि पार्नु भनेको दुर्भाग्य हो । आगामी दिनहरुमा यस्ता गतिविधबाट संस्थालाई टाढा राख्नु पर्छ विधि विधानलाई उलंघन गर्ने कामले संस्थालाई पतनको बाटो तर्फ लैजाने भन्दै यस विषयमा सबै सजग हुनु पर्ने आवश्यक रहेको अधिकारीले बताए ।

यस पटकको आफ्नो हार भन्दा पनि अर्को पटकको जितको खुट्किलो भएको र धेरै कुरा सिकाएको अधिकारीले एनआरएनखबरलाइ जानकारी गराए ।

Comment here