अन्तर्वार्ता

नेपाली जनसम्पर्क समिती स्पेनले महामानव बिपी स्मृतीमा एक अन्तरकृया कार्यक्रम भब्य रुपमा सम्पन्न

बार्सिलोना : नेपाली जनसम्पर्क समिती स्पेनले नेपाली राजनीतिका शिखर पुरुष, महामानव बिपी कोईरालाको स्मृतीमा बिपी र समाजवाद बिषयक एक अन्तरकृया कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ। कोरोना महामारीको कारण भौतिक रुपमा उपस्थित भइ कार्यक्रम गर्न असम्भव भएकाले नयाँ प्रबिधीलाई प्रयोग गर्दै जुम मिटिंगमार्फत बिपी कोईरालालाई स्मरण गरिएको हो ।

नेपाली जनसम्पर्क समिती स्पेनका अध्यक्ष इन्द्र प्रसाद शर्माको सभापतित्व र नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा जन सम्पर्क समन्वय बिभाग प्रमुख गोबिन्द्व भट्टराईको प्रमुख आतीत्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा संस्थापक पुर्ब अध्यक्ष पुस्प भण्डारी र एक्रराज गिरी, निबर्तमान अध्यक्ष सालिकराम डुम्रे बिशेष आतिथ्यताको रुपमा सहभागि हुनुहुन्थ्यो ।

साथै सँस्थाका सल्लाहकारहरु कर्य समिती पदाधाधिकारी तथा सदस्यहरु, मेडिट क्षेत्रबाट रामकृष्ण पुडासैनी र भाइस पस्को क्षेत्रबाट तुल्सी गुरुङ, बेलायतबाट केन्द्रीय सभा सदस्य तथा पत्रकार बिनय अधिकारी अतिथीको रुपमा उपस्थित हुनुभएको थियो ।

कार्यक्रम नेपाली जनसम्पर्क समिती स्पेनका उपाध्यक्ष प्रकाश भट्टराईले स्वागत गर्नु भएको थियो भने महामन्त्रीको कार्यव्यस्थताले सँस्थाका प्रबक्ता लक्ष्मण खत्रीले सन्चालन गर्नु भएको थियो ।

कार्यक्रममा बेलायतबाट एनआरएन अभियन्ता समेत रहनु भएको विनय अधिकारीले विपीको विचार अहिले पनि सान्र्दभीक रहेको भन्दै नेपाली कांग्रेस विपीको बाटोमा हिडीरहेकोप्रति खुसी ब्यक्त गर्नुभयो । साथै अधिकारीले कांग्रेसको आसन्न महाधिवेशन भब्यताका साथ सफल बनाउन सबै क्षेत्रमा सबै जना लाग्नुपर्ने बताउँदै विदेशमा रहेर विदेशी पासपोर्ट लिएका गैर आवासीय नेपालीलाई कांग्रेस महाधिवेशनममा प्रतिनिधि बन्नबाट बञ्चित गराउन नहुने धारण राख्नुभयो ।

विदेशमा कांग्रेसमा आस्थावान लाखौ लाख नेपालीहरु रहेको र त्यहीमाथि विदेशी पासपोर्ट लिनेको संख्या पनि त्यत्तीकै रहेकाले महाधिवेशनमा प्रतिनिधिबाट बञ्चित गराउन नहुने भनाइ राख्नुभयो । विदेशबाट कुनै समस्या वा पार्टी सञ्चालन गर्न करोडौ चन्दा संकलन गरेर पठाउनेमा विदेशी पासपोर्ट लिने नेपाली नै भएकाले कांग्रेसले महाधिवेशन प्रतिनिधीबाट बञ्चित गराउने गरि विधान ल्याएकोमा आपत्ति समेत जनाउँदै विधान संशोधनको माग समेत गर्नुभयो ।

उक्त कार्यक्रमका बक्ताहरुले बिपी, समाजवाद र बर्तमान नेतृत्व र काग्रेसको आगामी बाटोको बारेमा आ आफ्ना बिचार ब्यक्त गर्नु हुँदै महामानव बिपी कोईरालाको स्मृतीमा उहाँ प्रती हार्दिक श्रदान्जली अर्पण गर्नुभएको थियो ।

Comment here